दोलखा— दोलखाको विगु गाउँपालिका- ३ ओलीटारमा पहिरोले चार वटा घर बगाएको छ ।
शनिबार राति परेको वर्षासँगै आएको पहिरोले ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्वव प्रसाद ओली र डम्बर प्रसाद ओलीको घर बगाएको स्थानीय कुमार खड्काले जनाए ।
राति पहिरो आएपछि स्थानीयले घर छोडेर भागी ज्यान जोगाएका छन् । पहिरोले भैंसीलगायतका चौपायासहित धानखेत पनि पुरेको छ ।
पहिरोले उत्तरको मुखणय सिंगटी माथिल्लो तामाकोशी लामाबगर सडक बगाएपछि गौरीशंकर र विगु गाउँपालिका केही वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् ।