शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराकाे अनुराेध

सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराकाे अनुराेध

  • शुक्रबार, साउन २६, २०८०
सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराकाे अनुराेध

बाजुरा– जिल्ला प्रशासन कार्यालय बाजुराले एक सुचना जारी गर्दै साउन २७ गते देखी २९ गते सम्म मनसुन सक्रिय रहने भएकाले मनसुनबाट हुने जाेखीमबाट सजक रहन अनुराेध गरेकाे छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा नेपालको नजिक रहेको र न्यून चापीय प्रणालीको प्रभाव पनि रहेकोले खाेला आसपास पहिराेकाे जाेखीम रहेकाे ठाउँबाट सुरक्षित ठाउमा बस्न  जिल्ला प्रशासन कार्यालय बाजुराले सार्बजनिक सुचनामार्फत जानकारी गराएकाे छ ।

साना तथा ठुला नदिहरुकाे बहाफ बढ्न सक्ने आवस्यक सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले अनुराेध गरेकाे छ ।  सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा   वर्षाको हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको बाजुराबासीलाइ सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काकाे हस्ताक्षेरीत सुचनामा उल्लेख गरिएकाे छ ।

 सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । केही ठाउँमा भारी वर्षाको सम्भावना भएकोले बाढी पहिरोको जोखिमबाट बच्न सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयकाे अपिल रहेकाे छ ।

May be an image of ticket stub and text

May be an image of text

चर्चामा

सम्बन्धित समाचार