शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा ३५ प्रतिशत राेपाई

बाजुरामा ३५ प्रतिशत राेपाई

  • शुक्रबार, असार १५, २०८०
बाजुरामा ३५ प्रतिशत राेपाई

टेकबहादुर बुढा / बाजुरा– असार १५ गतेसम्म बाजुरामा ३५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । सिंचाइ सुविधाको अभाव र समयमा वर्षा नहुँदा धान रोपाइँको अवस्था मध्य असारसम्म निराशा जनक देखिएको छ ।

गत बर्ष समयमै वर्षा भएकाले यसै असार १५ गतेसम्म करिब ४५ प्रतिशत राेपाइ भएकोमा  बर्ष भने मन्सुन ढिलाे सुरु भएकाले कम मात्रामा मात्र राेपाइ  कृषि ज्ञानकेन्द्र बाजुरा सूचना अधिकारी मीन प्रसाद जैशीले बताए ।

बाजुरामा ६ हजार ९ सय १५ हेक्टर क्षेत्रफल जमिनमा धान उत्पादन हुदै आइरहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । जिल्लामा धान उत्पादन हुने ६ हजार ९ सय १५ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म यसकाे करिब ३५ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको  सूचना अधिकारी  जैशीले बताएका छन ।

गत वर्ष असार १५ गते करिब ४५ प्रतिशत धान रोपाइँ भएको थियो भने यस बर्ष यसको ठिक १० प्रतिशतले कम राेपाइ भएको सूचना अधिकारी जैशीले बताए ।

बाजुरामा सिचाइकाे सुविधा नहुँदा कृषकहरुले आकाशे पानीको भरमा धान राेपाइ गर्नुपर्ने बाध्यता रहदै आएको छ । बाजुरामा कुल कृषि याेग्य जमिनको १० प्रतिशत जमिनमा मात्रै सिचाईकाे सुविधा पुगेको छ भने बाँकी ८० प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेति गरिदै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार