• होमपेज
  • समाचार
  • ४० यात्रु बोकेर बझाङबाट काठमाडौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

४० यात्रु बोकेर बझाङबाट काठमाडौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

  • शुक्रबार, असार १५, २०८०
४० यात्रु बोकेर बझाङबाट काठमाडौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

अर्थ जङ्ग शाही– बझाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस शुक्रवार विहान कपिलवस्तुमा दुर्घटना भएको छ। ना ६ ख १३३९ नम्बरको बस विहान ५ बजे शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना भएको हो। दुर्घटनामा परी चार पुरूष र दुई महिला गरी ६ जना घाइते भएका छन्। बसमा चालिस यात्रु सवार रहेको पाईएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मिन बहादुर घलेका अनुसार घाईतेको अवस्था मध्यम छ।

उनीहरूको चनौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ। तीव्र गति र मोड भएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ। दुर्घटना भएको सूचना प्राप्त भएको पाँच मिनेटमै प्रहरी घटनास्थलमा पुगेर घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ। दुर्घटनापछि चालक फरार रहेकाे प्रहरीकाे भनाइ रहेकाे छ।

चर्चामा

सम्बन्धित समाचार