• होमपेज
  • राजनीति
  • प्रतिनिधि सभा बैठकमा आज अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने

प्रतिनिधि सभा बैठकमा आज अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने

  • सोमवार, जेष्ठ २९, २०८०
प्रतिनिधि सभा बैठकमा आज अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

जेठ १५ गते प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफल हिजो सकिएपछि आज अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् । यसअघि हिजो नै अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम रहेको भए पनि अन्तिममा आएर आजका लागि सारिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार