शनिबार, असार २०, २०८३
  • होमपेज
  • समाज
  • कृषि विज्ञ मदन राई प्रहरी नियन्त्रणमा, यौन दुर्व्यवहारको आरोप

कृषि विज्ञ मदन राई प्रहरी नियन्त्रणमा, यौन दुर्व्यवहारको आरोप

  • शुक्रबार, बैशाख २९, २०८०
सेयर गर्नुहोस् :
कृषि विज्ञ मदन राई प्रहरी नियन्त्रणमा, यौन दुर्व्यवहारको आरोप

काठमाडौं– कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोटाङ प्रहरीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो ।

राईमाथि शुभम फाउन्डेसनले संचालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । त्यसबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको इन्स्पेक्टर वेनुकुमार कार्कीले जानकारी दिए ।

शुभम् फाउन्डेसन अन्तर्गत खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यमिक विद्यालयले ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार