बिहिबार, मंसिर २०, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अन्तिम लडाइँ छ हार नमान

अन्तिम लडाइँ छ हार नमान

  • सोमवार, चैत्र २७, २०७९
अन्तिम लडाइँ छ हार नमान

हजारौं किलोमिटर उचाइको
शिखर चड्नु थियाे
साथमा केहि कपडा हरु
र केही खानेकुरा हरु लिएर हामी
सिखर चड्ने अठाेट गर्याैं
बाटो निकै अप्ठ्यारो थियाे
बन जंगल भिर र पाखाहरु थिए ।
वन्यजन्तु हरु काे पनि त्यति नै
जाेखिम थियाे ।
तर ,
अाँट ,बिस्वास र हिम्मत का साथ
हामी सिखर पुग्ने अठाेट गर्याै
दिन उज्यालो थियाे
रातहरु अध्यारा थिए
रातहरु कतै काला पनि थिए
पानी अाउथ्याे र असिना पनि पर्थ्याे
कहिलेकाही जुकाहरुले खाएर
खुट्टा हरु रक्ताम्य बनाउथ्याे ।
निडर ,शाहस र हिम्मत लाई कसले
राेक्न सक्थ्यो र !
ग्रुप मा तमाम कामरेड हरु थिए
दुधे बच्चा र अामाहरु पनि थिए
बृद्धअबश्था केही अग्रजहरु पनि थिए ।
हामीलाई कुनै हतार थिएन
गगनचुम्बि पहाड काे टुप्पोमा पुग्नु थियाे ।
केही हप्ता मै साथिहरु थाके
केही साथिहरु विश्राम गरे
केहिले याे हुने कुरा हाेईन
भनेर पछाडि फर्के
तर हामी निरन्तर अघि बढिरहेका छाै
फेरि ,
दाेस्राे हप्ता मै केही कामरेड हरु
सिथिल भए ,
जमात घट्यो ,खान दुख भयाे भन्दै तर्क गर्र थाले
हामी सङघर्ष सँग भाग्ने हाेईन
अप्ठ्यारो सँग डराउने हाेईन
चुनाैति सँग धुज्दु थियाे
त्यसैले हामी अघि बढ्दै गयाैं
चाैथाे ,पाचौं र छैठौं साता हामी
निरन्तर अघि बढिरहेका छाै ।
अाज दशाै साता केही यात्रिहरु ले
भन्न थाले का छन ।
अब यहाँ भन्दा माथि जान सकिदैन !
यहाँ अब अघि गएर केही फाईदा छैन
नाफा र नाेक्सान काे हिसाब गर्न थाले
केही साथिहरु ,
तर
निति ,कार्यक्रम र याेजना सँग
झुक्नु र सम्झौता गर्नु थिएन हामीलाई
त्यसैले ,
कसले के भन्छ ,के बाेल्छ भन्ने सँग
हाम्रो कुनै दुखेसो थिएन
हामी अघि बड्नु ,सिखर सम्म पुग्नु छ
याे अभियान ले बर्षैा बितिसक्याे
केही उपलब्धि भएन भन्नेहरु पनि छन
तर ,सिद्धान्त ,नीति र कार्ययाेजना अनुसार
हामी निरन्तर अगाडि बड्दै छाै ।
काेहि थाके
काेहि बाटो बदले
काेहि पछि फर्के
काेहिले अाराेप लगाए
काेहिले अाराेप पत्र नै लेखे
यसकारण ,
सबै हराउँदै गए
कहाँ पसे
दुलाेमा !
कहाँ हराए
धुलाेमा !
ठिकै छ अात्तिनु छैन
हाे ,बिचल्ली नभइ
निरन्तर अघि बढ
अन्तिम लडाइँ छ
हार नमान !

चर्चामा

सम्बन्धित समाचार