शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहले २१ गते विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले २१ गते विश्वासको मत लिँदै

  • मङ्लबार, फाल्गुन १६, २०७९
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले २१ गते विश्वासको मत लिँदै

काठमाडौं     –  सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन्।

२६ माघमा मुख्यमन्त्री नियुक्त भएका शाहले आज प्रदेश सभाका दलहरुसँगको छलफलपछि फागुन २१ गते विश्वासको मत लिने तयारी गरेको उनको सचिवालयले जनाएको छ।

यसअघि एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि रावल पदमुक्त भएका थिए।

तर, केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि सुदूरपश्चिममा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सक्ने अनुमान गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार