मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

  • सोमवार, फाल्गुन १५, २०७९
एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौँ  –   नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै एमालेका मन्त्रीहरु प्रधानमन्त्रीलाई राजीनामा बुझाउन बालुवाटार पुगेका हुन् ।

नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित ८ मन्त्री सहभागी थिए । पौडेल पुस ११ मा नियुक्त भएका थिए भने अन्य मन्त्रीहरुले माघ पहिलो साता सपथ लिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार