• होमपेज
  • बाजुरा बिशेष
  • नेपाल कृषि पत्रकार महासंघकाे जिल्ला भेला तथा कार्य समिति बिस्तार कार्यक्रम सम्पन्न

नेपाल कृषि पत्रकार महासंघकाे जिल्ला भेला तथा कार्य समिति बिस्तार कार्यक्रम सम्पन्न

  • आइतवार, फाल्गुन १४, २०७९
नेपाल कृषि पत्रकार महासंघकाे  जिल्ला भेला तथा कार्य समिति बिस्तार कार्यक्रम सम्पन्न

बाजुरा  –    नेपाल कृषि पत्रकार महासंघकाे   जिल्ला भेला तथा कार्य समिति बिस्तार कार्यक्रम सम्पन्न भएको छ । अाइतबार  एक औपचारिक कार्यक्रमका बिच  कृषी पत्रकार महासंघ नेपाल सुदुरपश्चिम प्रदेश कार्य समितिको आयोजनामा सदरमुकाम मार्तडीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कृषि पत्रकार महासंघ बारे जानकारी गराउनुका साथै जिल्ला कार्य समिति गठन गरिएको छ । कृषि क्षेत्रको बिकासमा कलम चलाउने श्रम जिवी पत्रकारहरुको छाता संगठनका  रुपमा  बाजुरामा पनि कार्यसमिति बिस्तार गरिएकाे छ ।  देशभर कार्यसमिति बिस्तार कार्यक्रम जारी रहेको आयोजक कृषि पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश कार्यसमितिले जनाएको छ ।  नितान्त रुपमा कृषकहरूका सवालहरुलाई उठान गरि सम्बन्धित निकाय सम्म पुर्याइ  कृषकका समस्या समाधान गरि कृषि क्षेत्रको बिकासमा टेवा पुर्याउने उदेश्यले कृषि पत्रकार महासंघ देशभर बिस्तार भैरहेको नेपाल कृषि पत्रकार महासंघ  सुदुरपश्चिम प्रदेश का अध्यक्ष हिमेश बिकले बताएका छन

कृषकका समस्या, कृषि क्षेत्रको बिकासमा देखिएका चुनौती,समाधानका उपाय, कृषि क्षेत्रको बिकासका लागि गर्नुपर्ने प्रयास, कृषि क्षेत्रको बिकासका लागि सम्बन्धित निकायले बिनियोजित गरेको बजेटको सहि कार्यान्वयन भए नभएको औल्याउँनुका साथै कृषि क्षेत्रमा भैरहेको अनियमितता, लगायतका बिषयमा कलम चलाउने श्रमजिवी पत्रकारहरुको छाता संगठनका रुपका  नेपाल कृषि पत्रकार महासंघ रहेको सुदुरपश्चिम् प्रदेश अध्यक्ष हिमेश बिकले बताए। No description available.

 कार्यक्रमका प्रमुख अथितीकाे रुपका बाेल्दै बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का भने   कृषि क्षेत्रको बिकास भएमा मात्र समग्र समाजको बिकासमा टेवा पुग्ने बताए । कृषि क्षेत्रको बिकास वर्तमान प्रमुख आवस्यकता रहेको कुरामा जोड दिदै नगर प्रमुख खड्काले कृषकहरूका समस्या समाधान गर्न र कृषि क्षेत्रको बिकासमा लगानी गर्न नगरपालिका प्रतिबद्ध रहेको बताएका छन  ।

कार्यक्रममा बिशिस्ट अथितीका  रुपका बाेल्दै बडिमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले कृषि क्षेत्रमा कलम चलाउनु नै बिकास पत्रकारितामा कलम चलाउनु हो भन्ने कुरामा प्रष्ट हुन आग्रह गरेकी छन् ।

 उक्त   जिल्ला भेला तथा कार्य समिति बिस्तार कार्यक्रममा बाजुरामा १३ सदस्यीय कार्य समिति गठन गरिएकाे छ  ।

जसमा  अध्यक्षमा सरिता नेपाली, उपाध्यक्षमा हेमराज उपाध्याय, सचिवमा मिन बहादुर खड्का रहेका छन ।  त्यस्तै   सह -सचिवमा युवराज बडुवाल, कोषाध्यक्षमा कमला रावल, सदस्यमा गोविन्द्रराज तिमिल्सिना, टेक बहादुर बुढा, सुनिता जैशी, टेक बहादुर बिसी, लगायतका १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । निर्वाचित पधातिकारिलाई प्रमाण पत्र सहित  बधाई संगै सफल कार्यकालको शुभकामना समेत दिइएकाे थियाे ।

  नेपाल कृषि पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष हिमेश वि. क को अध्यक्षतामा संचालन भएकाे  कार्यक्रममा प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए ।  त्यस्तै  बिशिष्ट अथिती बडिमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापा ,  अथितीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष छक्क मल्ल, उपाध्यक्ष संगिता तिमिल्सिना ,सचिव रमित वि. क, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य दयाराम पण्डित, नेपाल प्रेस चौतारी सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली, नेपाल प्रेस युनियन प्रदेश सचीव राजेन्द्र रोकाया, प्रेस युनियन जिल्ला शाखा बाजुरा अध्यक्ष प्रेम रौले,  प्रेस चौतारी जिल्ला शाखा बाजुरा अध्यक्ष मदन वि. क , सुदुरपश्चिम् प्रदेश कार्य समितिका पधातिकारी लगायत जिल्ला स्थित विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो । No description available.

चर्चामा

सम्बन्धित समाचार