• होमपेज
  • बाजुरा बिशेष
  • सरकारले बजेटमा बाजुरालाई आरक्षित गर्न पहल गर्छु  : मन्त्री शाही

सरकारले बजेटमा बाजुरालाई आरक्षित गर्न पहल गर्छु  : मन्त्री शाही

  • बिहिबार, फाल्गुन ११, २०७९
सरकारले बजेटमा बाजुरालाई आरक्षित गर्न पहल गर्छु  : मन्त्री शाही

बाजुरा — सरकारले सुदुरपश्चिम प्रदेशलाई बजेटमा बिशेष आरक्षण बनाउन नीति बनाउनु पर्ने बताए । आफु नीति बनाउन पहल गर्ने सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक तथा योजना मन्त्री नरेश शाहीले बताए । त्यसै गरी प्रदेश सरकारले बाजुरालाई बजेटमा बिशेष नीतिगत ब्यवस्थापन गर्न लाग्ने बताए ।
मन्त्री बने पछि जिल्लामा पहिलो पटक मतदाता कर्मचारीहरुसंग छालफमा बेस्त छन । फागुन ८ गते आफ्नो प्रदेश क निर्बाचन क्षेत्रका मतदातासंगको भेटघाट पछि बिहीबार मात्र सदरमुकाम मार्तडीमा कार्यालय प्रमुखसंग परिचयात्मक कार्यक्रम आयोजना गरिएको थियो । परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन । आर्थिक हिसावमा सात ओटै प्रदेश भन्दा सुदुरपश्चिम प्रदेश पछाडी रहेको र सुदुरपश्चिमका नौ ९ वटा जिल्ला मध्य सबै भन्दा पछाडी परेको बाजुरा भएकाले देशका सबै नागरिकलाई समानतामा जोड्न यस्तो निति बनाउन आवश्यक रहेको बताए ।
आफु मन्त्री रहेपनि वा नरहे पनि जिल्लाको बिकास बृद्धिका लागि पहल कदमी गरि राख्ने बताएका छन् । आगामी दिनको हुने झ्यालबाटका योजनाहरुका पछाडी नलाग्ने बताए । आफु मन्त्री भएपछि पनि आफूलाई भेटेने मान्छे के उद्देश्यले आएको भन्ने कुरा प्रष्ट थाहा हुने बताए ।
परिचयात्मक कार्यक्रममा कार्यलय प्रमुखसंग जिल्लालाई सबृद्ध बनाउन बेरोजगारी हटाउन बिदेशीएका नागरिकलाई आफ्नै ठाउमा रोजगारी श्रृजना गर्न के कस्ता कार्यक्रम नीति बनाउनु पर्ला भन्ने जिज्ञासम राखेका थिए । बिशेष गरि कृर्षि पशु घरेलु कार्यलयले दिने अनुदानका कार्यक्रमहरुको प्रभावकारीताको बिषयमा जोड दिएका थिए ।
कार्यालय प्रमुखहरुले अनुदान कार्यक्रम कृषकका लागि झन्जटीलो भएको समयमा काम नहुने र डुब्लीकेशन बढी हुने गरेको बताका थिए ।
प्रदेश अन्र्तगतका कार्यालयहरुमा लेखापाल नहुदा सेवा प्रबाहमा समस्या भएको बताएका थिए । प्रदेशले लोकसेवाका कामहरु अगाडी नबढाउदा एक जना सचिवले ४, ५ वडाको काम गर्नु पर्ने समस्य भएको बताएका थिए । प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले संचालन गरेको कार्यक्रममा प्रदेश सरकारका आर्थिक तथा योजना मन्त्री नरेश शाही बिभिन्न सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधि पत्रकारको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार