बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कला /साहित्य
  • खै किन मन मष्तिकमा तुफान आउछ

खै किन मन मष्तिकमा तुफान आउछ

  • सोमवार, फाल्गुन ८, २०७९
सेयर गर्नुहोस् :
खै किन मन मष्तिकमा तुफान आउछ

खै किन मन मष्तिकमा तुफान आउछ
कसरी यो खडेरीमा पनि परान आउछ।

बनायौं ज्यान हत्केलामा राखी हामीले,
देशभित्र कहिले त्यो सम्बिधान आउछ।

देशमा हुनैसकिन बिकास न काम पायौं,
नेताको मुख भरी त सधै उखान आउछ।

उनिहरूलाई भजन कृतन आउँछ होला,
न देशको सिमाना नराष्ट्रिय गान आउछ।

देशभित्र अनिकाल परेपनि के बालभयो,
घरभित्र नामी कम्पनिका खदान आउछ।

गरिबलाई पो केखाम केलगाम हुन्छ सधै,
भ्रष्टचारीलाई बिदेशी मदिरापान आउउछ।

चर्चामा

सम्बन्धित समाचार