मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाज
  • आन्तरिक पर्यटन प्रबर्दन र भाइचाराको सम्बन्ध विस्तार गर्न बुलेट यात्रा

आन्तरिक पर्यटन प्रबर्दन र भाइचाराको सम्बन्ध विस्तार गर्न बुलेट यात्रा

  • बुधबार, फाल्गुन ३, २०७९
आन्तरिक पर्यटन प्रबर्दन र भाइचाराको सम्बन्ध विस्तार गर्न बुलेट यात्रा

अर्थ जङ्ग शाही, बझाङ    –   रोयल इफिल्ड बुलेट बाइक प्रयोग गर्ने युवाहरूले आन्तरिक पर्यटन प्रबर्द्धन र भाइचाराको सम्बन्ध विस्तार गर्न तिन दिने बाइक यात्रा गर्ने भएका छन् ।

गत शुक्रबार ५ गते बिहान ८ बजे देखी सुरु गरिने बाईक यात्रा ७ गते बिहान काठमाडौं फर्किने बुलेट राईडरका क्याप्टेन प्रकाश देव गिरीले जानकारी दिए।

काठमाडौंको सुकेधारामा रहेको बुलेट बाईक सम्बन्धि मात्रै काम गर्ने अथोराईज सर्भिस सेन्टर जेरो ईन्जिनियरिङ् मोटरसाईकल प्राईभेट.लिमिटेड सेन्टरको आयोजनामा बाइक यात्रा तय गरिएको एमडि जीवन थापाले जानकारी दिनुभयो।

काठमाडौ बाट फागुन ५ गते बिहान ८ बजे देखि सुरु हुने बुलेट बाईक काे यात्रा साेहि दिन खानिखाेला मा खाजानास्ता गर्दै मुग्लिन मा खाना खाएर लमजुङ घले गाउँ गएर बास बस्ने भएको छ । उक्त राईड मा लगभग ४० बटा बुलेट बाईक राईडर सहित करिव ६० जनाकाे उपस्थिति रहने कुराकाे राईडरका क्याप्टेन प्रकाश देब गिरीले जानकारी दिए ,भने दाेस्राे दिन ६ गते साेहि लमजुङ घले गाउँ घुमेर लमजुङमै रहेको अर्को ठाउँ भुजुङ , घानापाेखरा बास बस्ने भएको छ , भने साे बिचमा लमजुङ मै रहेको श्री शैलपुत्री मा बि धमिलिकुवा लमजुङ लाई शैक्षिक सामग्री समेत जेराे ईन्जिनियरिङले सहयोग गर्ने भएको छ , भने ७ गते बिहान काठमाडौ फर्किने छ ,आफ्नाे स्थापना काले देखि नै बिभिन्न च्यारिटि राईड गर्दै आएकाे जेराे ईन्जिनियरिङ माेटरसाईकल प्रालिले सधैं झै याे बर्ष पनि उक्त कार्यक्रम गर्न लागेको कुरा एमडि बिक्रम भट्टराईले जानकारी दिनुभयाे ।

चर्चामा

सम्बन्धित समाचार