
समस्या याहां सबैका बराबर हुन्छन्,
मनभित्र पनि तिम्र जस्तै रहर हुन्छन्
गरिबछौं तर मानिस त हामी पनि हौं,
उस्ता उस्तै तन हुन्छन् अधर हुन्छन्।
मान्छे भई जन्मिए सी हुन्छन् जिम्मा,
लाला बाला नै सबैका जिगर हुन्छन्।
छैन पाटो बास भएपनि फुटफाट को,
आखांमै सपना सबैको शुन्दर हुन्छन्।
शिशमहल लाई घर भन्छौ तिमिहरूले,
हाम्रो लागी त लालाबालानै घर हुन्छन्।
गरिखाने बर्ग गर्न जान्दैनन् राजनीति,
श्रमजिवि त पौरखमा निरभर हुन्छन्।
