बाजुरा — बाजुरामा नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले अनिश्रितकालका लागी यातायात बन्दको घोषणा गरेको छ । शनिबार प्रेस बिज्ञप्ति जारी गर्दै शनिबार ४ बजेबाट लागु हुने गरि यातायात बन्दको घोषणा गरिएको अनेरास्ववियुका सचिवालय सदस्य लक्ष्मण रोकायाले बताएका छन ।
अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन अयडीका हत्यारालाई एक महिना बित्नै लाग्दा समेत प्रहरीले पका्रउ गर्न लापरवाही गरेको भन्दै अनिश्रितकालका लागी यातायत सेवा बन्द गर्न लागेको सदस्य रोकायाले बताएका छन ।
बिद्यार्थी नेता चेतन अयडीको न्यायको लागी आन्दोलन जारी रहने पनि अनेरास्ववियु बाजुराले जनाएको छ । साथै उक्त न्यायको आन्दोलनमा सम्पूणर् जिल्ला बासीहरुले सहयोग गरि दिन पनि अनेरास्ववियु बाजुराले अनुरोध गरेको छ ।