• होमपेज
  • कला /साहित्य
  • जस्का लागी हामिले तातो रगत बगायौं

जस्का लागी हामिले तातो रगत बगायौं

  • शुक्रबार, मंसिर २३, २०७९
सेयर गर्नुहोस् :
जस्का लागी हामिले तातो रगत बगायौं

अब के हुन्छ मनमा संकाको चर बन्यो,
दलालहरूले यो देश पुरै खण्डर बन्यो।

सुइट्जरलैण्ड बनाउँछौं भन्छन् यिनिले,
देश साम्रज्यवादमै सदियौं निर्भर बन्यो।

हिंजो निहत्य लड्यौं खलंगाकै युद्ध विर,
आज त्यही बहादुर शब्द नै बांदर बन्यो।

रगत बगाए पुर्वजले गुलाम हुँन दिएनन्,
आज अतिक्रमणको नै मूल खबर बन्यो।

जस्का लागी हामिले तातो रगत बगायौं,
आज उसैले गर्दा यो देश नै बगर बन्यो।

चर्चामा

सम्बन्धित समाचार