• होमपेज
  • राजनीति
  • माओवादीको ‘बागी’ले धनकुटामा सुनील थापालाई धक्का !

माओवादीको ‘बागी’ले धनकुटामा सुनील थापालाई धक्का !

  • बिहिबार, मंसिर ८, २०७९
माओवादीको ‘बागी’ले धनकुटामा सुनील थापालाई धक्का !

नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र (बागी) उम्मेदवारी दिएका हेमराज भण्डारीका कारण धनकुटामा सुनील बहादुर थापालाई धक्का पुगेको छ । सुनील २८ हजार ७०४ मतका साथ पराजित हुँदा भण्डारीले ५ हजार ९२६ मत पाए ।

धनकुटाका कांग्रेस र माओवादीका नेताहरूले हेमराजले सुनीलको भोट काट्दा उनी पराजित हुन पुगेको विश्लेषण गरेका छन् । हुन पनि हेमराजकै कारण एमालेका राजेन्द्र राईलाई फाइदा पुग्यो । राईले ३० हजार १०१ मत पाउँदा सुनील र उनीबीचको मतान्तर १३९७ रहेको छ । जबकि हेमराज एक्लैले ५ हजार ९२६ मत पाए ।

थापा पूर्वप्रधानमन्त्री तथा दिवंगत नेता सूर्यबहादुर थापाका पारिवारिक उत्तराधिकारी हुन् । थापा सूर्यहादुरका छोरो हुन् भने पछिल्लो समय उनी राप्रपा परित्याग गर्दै कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार