• होमपेज
  • राजनीति
  • तोसिमा कार्कीको उम्मेदवारी कायम, सर्वोच्च अदालतद्वारा अन्तरिम आदेशलाई निरन्तरता

तोसिमा कार्कीको उम्मेदवारी कायम, सर्वोच्च अदालतद्वारा अन्तरिम आदेशलाई निरन्तरता

  • सोमवार, कार्तिक २८, २०७९
तोसिमा कार्कीको उम्मेदवारी कायम, सर्वोच्च अदालतद्वारा अन्तरिम आदेशलाई निरन्तरता

सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा तोसिका कार्कीको उम्मेदवारीसम्बन्धी विवादमा यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । निर्वाचन आयोगले अदालतको आदेशप्रति चित्त नबुझाएर भ्याकेट निवेदन लिएर गएकामा अदालतले यसअघि कै अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी उनी मेडिकल काउन्सिलको निर्वाचित सदस्य पदमा रहेको र सो लाभको पद रहेको दाबी गर्दै आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो । तर, यसविरुद्ध तोसिमाले रिट दायर गरेकामा न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो ।

त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भएको हो ।

चर्चामा

सम्बन्धित समाचार