• होमपेज
  • समाचार
  • संघीय सरकारले माग्यो भूकम्पबाट भएको क्षतिको विवरण

संघीय सरकारले माग्यो भूकम्पबाट भएको क्षतिको विवरण

  • बिहिबार, कार्तिक २४, २०७९
संघीय सरकारले माग्यो भूकम्पबाट भएको क्षतिको विवरण

काठमाडौं – संघीय सरकारले बुधबार गएको भूकम्पबाट भएको क्षतिको विवरण स्थानीय सरकारसँग माग गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका स्थानीय तहलाई पत्राचार गर्दै भूकम्पबाट भएको क्षतिको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । २३ कात्तिक बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पबाट ६ जनाको मृत्यु भएको विवरण आएको छ ।

भौतिक क्षतिको विवरण आइसकेको छैन । मन्त्रालयले स्तानीय तहमा क्रियाशील सरकारी निकाय, विकास साझेदार, गैर सरकारी संघसंस्था, नेपाल रेडक्रस सोसाइटी, निजी क्षेत्रसमेतको एकीकृत परिचालन गरी एकद्वार प्रणालीबाट खोज, उद्धार र राहतमा जुट्न समेत अनुरोध गरेको छ । यस काममा समन्वय र सहजीकरण आवश्यक भए मन्त्रालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार