दार्चुला – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को निर्वाचन नेपाली जनताका लागि जीवन मरणको लडाइँ भएको बताएका छन्। दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई बुधबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
यो निर्वाचन लोकतन्त्र र लोकतन्त्रविरोधीको बीचमा संघर्षका रुपमा आएको छ।’
उनले हिजो युद्धका क्रममा नेपाली कांग्रेस र माओवादी आमने सामने भए पनि ओलीकै कारण एकैठाउँमा आइपुगेको बताए । हामी हिजो युद्धमा आमनेसामने थियौँ माओवादी र कांग्रेस आमनेसामने थिए। केपी ओली सुध्रिए भनेर पार्टी एकता र गठबन्धन गरियो तर संविधान मास्न ढुकेर पो बसेका रहेछन्’, उनले भने, ‘जनताका अधिकार खोस्न बसेका रहेछन्।
बयलगाडावाला सिद्धान्तबाट उनी पछि हटेका रहेनछन्। परिवर्तन उल्ट्याउने षड्यन्त्रमा लागेका रहेछन्।
‘ओलीले अहिले बहुमत चाहियो भन्दा मलाई त लाज लाग्छ। दुईतिहाइ बहुमतको सरकार विघटन गर्ने संसद विघटन गर्ने केपी ओली अब कुन नैतिकताले जनतासँग बहुमत माग्छन्?’, उनले भने, ‘संविधान च्यात्न र सदन विघटन गर्न बहुमत चाहिएको हो ? केपी ओलीलई मेरो चुनौती तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउन्।’