• होमपेज
  • राजनीति
  • निर्वाचन आयोगले तोसिमालाई भन्यो : घण्टी नबजाऊ, ध्वनि प्रदूषण हुन्छ

निर्वाचन आयोगले तोसिमालाई भन्यो : घण्टी नबजाऊ, ध्वनि प्रदूषण हुन्छ

  • बुधबार, कार्तिक २३, २०७९
निर्वाचन आयोगले तोसिमालाई भन्यो : घण्टी नबजाऊ, ध्वनि प्रदूषण हुन्छ

काठमाडौं  – निर्वाचन आयोगले घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न ललितपुर–३ की उम्मेदवार डा. तोसिमा कार्कीलाई निर्देशन दिएको छ ।

घण्टी बजाएर हिँड्दा अरुलाई बाधाव्यवधान भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

प्रचारप्रसार र घरदैलोका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले आफ्नो दलको चिह्न घण्टी लिएर हिँड्ने र बजाउने गरेका थिए ।

मंगलबार निर्वाचन आयोगमा आयोजित सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले घण्टी लिएर बजाउँदै चुनाव प्रचारप्रसार गरेको र त्यसले आचारसंहिताको उल्लंघन गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

त्यतिबेला कुनै निर्णय र निर्देशन नदिएको आयोगले पछि भने घण्टी बजाएर प्रचारप्रसार नगर्न निर्देशन दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले बताए । उनले भने, ‘आयोगबाट हामीलाई घण्टी लिएर बजाउँदै नहिँड्नु भनी निर्देशन आएको छ ।

निर्वाचन आयोगले भने यसबारे कुनै निर्देशन नगएको दाबी गरेको छ । ‘उहाँहरुलाई केही साताअघि यसबारेमा स्पष्टीकरण सोधेको हो’ निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले भने, ‘उहाँहरुका बारेमा कुनै निर्णय भएको छैन, निर्देशन गएको पनि होइन ।’

चर्चामा

सम्बन्धित समाचार