• होमपेज
  • समाचार
  • मकवानपुरमा २० दिनदेखि सम्पर्कमा नरहेका व्यक्तिको शव भेटियो

मकवानपुरमा २० दिनदेखि सम्पर्कमा नरहेका व्यक्तिको शव भेटियो

  • मङ्लबार, कार्तिक २२, २०७९
मकवानपुरमा २० दिनदेखि सम्पर्कमा नरहेका व्यक्तिको शव भेटियो

हेटौंडा  – गएको कात्तिक २ गतेदेखि परिवारको सम्पर्कमा नरहेका ईन्द्रसरोवर गाउँपालिका–३ काप्राङका ५७ वर्षीय सञ्चार थिङको शव फेला परेको छ ।

सोमबार बेलुकी भिमफेदी गाउँपालिका–८ दोभान खोलामा सडेगलेको अवस्थामा शव फेला पारिएको प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मृतकका छोराले कपडाको आधारमा शवको पहिचान गरेको उनले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार