बाजुरा–नेपाली सेनाद्धारा बाजुरा जिल्लामा जनपत प्रहरी तथा म्यादि प्रहरीलाई बम डिस्पोजल गर्ने बारे जानकारी तथा प्रशिक्षण गरेको छ । मंसिर ४ गते हुन गई रहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको दौरान देखिन सक्ने बिष्पोटक पदार्थ तथा बिष्पोटनका घटनाहरुलाई मध्य नजर गरी म्यादी प्रहरीलाइ जानकारी गराएको नेपाली सेनाले वताएको छ ।
सोमबार बाजुरा जिल्लामा रहेको नेपाली सेनाको दुर्गाभञ्जन गुल्मले बाजुराका म्यादि प्रहरी र नेपाल प्रहरी गरी ४ सय जनालाई बम डिस्पोजल गर्ने बारे जानकारी गराएको उपसेनानि नेहाल चन्दले वताएका छन् । निर्वाचनको दौरान देखिन सक्ने बिष्पोटक पदार्थ सम्बन्धि जानकारी मुलक कक्षा संचालन गरी जानकारी गराएको छ ।
निर्वाचनको क्रममा वेवारिसे अवस्थामा भेटिएका बमहरुको सहि तवरले डिस्पोजल गर्ने बारे जानकारी गराएको सेनाले वताएको छ । नेपाल प्रहरी तथा म्यादि प्रहरीमा डिस्पोजल गर्ने ज्ञान र सिप नहुँदा कहिले काँहि दुर्घटना हुने भएकाले पूर्व सचेत गराईएको उपसेनानी चन्दले वताएका छन् ।
बम बिशेष गरी निर्वाचन क्षेत्रलाई केन्द्रीत गरि विद्रोही समूहले राख्ने भएकाले प्रहरी र म्यादी प्रहरीलाई सचेत रहन समेत जानकारी गराइएको हो । चुनावको समयमा सरकारी कार्यालय, सार्वजनिक स्थान पार्टी, पौवा पुल पुलेसा जस्ता ठाउमा बम राखिने सक्ने खतरा हुने सक्ने रहन्छ । चुनावमा खटिदा जतिबेला जसले पनि बम राखि दिने भएकाले सजक रहन प्रहरी तथा म्यादि प्रहरीलाई सेनाले सुझाब दिएको हो ।
सेनाले स्थानिय तहमा पुगेर पनि बम डिस्पोजल गर्ने बारे जानकारी गर्ने वताएको छ । पालिकामा सर्वशाधारण, बिद्यार्थी, बालवालिकालाई जोखिमका बारेमा जानकारी गराउने रहेको छ । बाजुरामा मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि बाजुरामा २ हजार बढी संख्यामा सुरक्षा कर्मी खटिने भएका छन् । जिल्लाका ७० वटा मतदान स्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र अनुसन्धान व्यूरो गरेर २ हजार बढीको संख्यामा सुरक्षा कर्मी परिचालन गर्ने जिल्ला निर्वाचन सुरक्षा समितिले बताएको छ ।
मतदान स्थलमा खटिने सुरक्षा कर्मी मध्ये सबैभन्दा बढी ८ सयको संख्यामा म्यादी प्रहरीलाई परिचालन गरिने छ । भने बाँकी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई खटाइने छ । सुरक्षा संवेदनशीलता हेरेर बिशेष सुरक्षा टोली पनि मौन अवधी सुरु हुनु पूर्व नै खटाइने सुरक्षा समिति सदस्य जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन् ।
७० वटा निर्वाचन स्थलमा ८ सय ९५ जना कर्मचारी परिचालन गरिने भएको छ । संघ, प्रदेश र स्थानीय तहका स्थायी कर्मचारी र शिक्षकहरुलाई निर्वाचनका लागि खटाउने तयारी गरिएको छ ।
स्थायी दरबन्दी बाहेकलाई मतदान अधिकृतको रुपमा नतोकीने र सकेसम्म निमाजति सेवाकै कर्मचारीलाई प्राथमिकता दिने निर्वाचन कार्यालयले तयारी गरेको छ । निर्वाचन कार्यालयले १ सय १४ जना मतदान अधिकृत र १ सय १२ जना सहायक मतदान अधिकृत खटिने छन् । भने ५ सय ५९ जना निर्वाचन कर्मचारी, २ जना सहयोगी र ११ सय २ जना सहायक कर्मचारीलाई परिचालन गरिने भएको छ ।
बाजुरामा ८३ हजार ५ सय ६७ जना मतदाता छन् । ती मध्ये प्रदेश निर्वाचन क्षेत्र (क) मा २९ हजार ९ सय ४१ र प्रदेश निर्वाचन क्षेत्र (ख) मा ५३ हजार ६ सय २६ जना मतदाता छन् ।