• होमपेज
  • राजनीति
  • बाजुरामा नेपाली काँग्रेसको चुनावी प्रचार प्रसार तिव्र गतिमा

बाजुरामा नेपाली काँग्रेसको चुनावी प्रचार प्रसार तिव्र गतिमा

  • आइतवार, कार्तिक २०, २०७९
बाजुरामा नेपाली काँग्रेसको  चुनावी प्रचार प्रसार तिव्र गतिमा

बाजुरा — चुनावको दिन नजिकिदै जाँदा बाजुरा नेपाली काँग्रेसले चुनावी प्रचार तथा घर भेटघाट तिव्र पारेको छ । नेपाली काँग्रेस बाजुराले ठुलो सभा भन्दा पनि घर घेटघाटलाई प्राथमिकताका साथ तिब्र पारिरहेको छ ।
बाजुरामा नेपाली काग्रेसका संघ र प्रदेशका उम्मेदवार यति बेला घर भेटघाटमा ब्यस्त सँगै घरभेट प्रचारमा ब्यस्त रहेको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।
नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार बद्रि पाण्डे खप्तड छेडेदह गाउँपालिका र बुढिगंगा नगरपालिकामा घरभेट घाटमा ब्यस्त रहेका छन् । उनि सँगै प्रदेश ख का उम्मेदवार पदम बहादुर शाही पनि सँगै रहेका छन् । जनताको घरदैलोमा पुगेर जनताका सुखदुख साटासाट गरिरहेका छन् । किसानहरु यति बेला खेतवारी काममा हुन्छन्, त्यहि गएर जनता सँग गाउँका समस्या तथा दुखमा सधै साथ दिने प्रतिबद्धता गरिरहेका छन् ।

No description available.
बाजुरामा गठबन्दन र एमाले पक्ष बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धन बाट नेपाली काँग्रेसका सहमहामन्त्रि बद्रि प्रसाद पाण्डे रहेका छन् । अहिलेको समय खेतिपाति गर्ने समय हो । बाजुरामा ९५ प्रतिशत कृर्षिमा आधारीत रहेका छन् । अधिकांश मतदाता काममा ब्यस्त छन् । राजनितिक दलले मतदाताका काममा सहयोग गर्दै मत माग्ने काम गरिरहेका छन् ।
जनता राजनितिक दल प्रति बितृष्णा रहेको छ । पटक पटक बिभिन्न योजनाहरु दिने भन्दै मत माग्दै गरेका थिए । तर जनताका आबश्यकताहरु कतै बाट समाधान नभएपछि राजनितिक दलले जनतालाई खुशी पार्न र मत तान्ने बिभिन्न उपायहरु अपनाउदै आएका नागरिक अगुवाहरुले बताउने गरेका छन् । त्यसैले बिश्वास दिन जनताको खेतवारीमा पुगेका हुन् । चुनाव नजिकीदै जाँदा बाजुरामा राजनितिक दलहरुले चुनावी प्रचार तिव्र पुयाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार