बल्ल बल्ल दशैँलाई पठायौँ अब तिहार आउछ,
गरिबको घरमै मेला पर्व किन बारमबार आउछ।
छोरा छोरी मुङ्गलानमै गए घरमा छौँ बुढा र बुढी,
मर्दा कात्रो होला नहोला चिन्ता लगातार आउछ।
न देशले कांचुली फेर्यो न त युवाले रोजगार पाए,
चुनाव पछि सधै उस्तै उस्तै नयाँ सरखार आउछ।
गरिबलाई बांचन गारै छ मित्र यो अबस्था रहिरहे,
मेल मिलाप भन्दा पुँजिवादले झनै दरार आउछ।
भ्रष्टचारीहरूको नै विगविगी भएरै होला देशभित्र,
सधैभरी गरिबलाई हत्थकडी र कारागार आउछ।
हुँदा खानेहरू त ज्युँदै नर्कमा पुग्छौँ कतार खाडी,
हुनेखानेहरूकै लागी मात्र स्वर्गको संसार आउछ।
मान्छे मरेर गय ता पनि आस्था जिवित रहन्छ,
बन्छ निशानी संसार भरी त्यही अंकित रहन्छ।
योजनाहरू बनी उड्छन धुंवामा आकास भरी,
सदै भरी समाज भित्र धुँवाको त्यो गीत रहन्छ।
मुसाफिर हौं हामी एक आर्का मा निर्भर याहाँ,
चल्दै आयो जिवित संघर्षको यही रित रहन्छ।
हुन्छन समाजमा त कात्रोकै पनि व्यपारीहरू,
मृत्यु सत्य हो तर किन मान्छे भयभित रहन्छ।
न कुनै दोस्त छन न कुनै दुश्मन सत्यकै यात्रा,
मानव त सधै आर्काको खुसीमा हर्षित रहन्छ।