परमपरा यो कसरी भयो दशैं तिहार खोज्छु,
किनहुन्छ मेला पर्वमा सधै मारामार खोज्छु।
धेरै त आधारहिन किमदन्ती भेटाएं यात्रामा,
झुट लाई प्रहार गर्न सक्ने म आधार खोज्छु।
भनिन्छ असत्यकै नास गर्नुपर्ने हुन्छ सधैभरी,
त्यसैले सधै मैले पनि सत्यको संसार खोज्छु।
साहित्य पनि राजनीति बाट छैन मित्र अछुतो,
मानवताले बनाएको कता छ सरकार खोज्छु।
कुनै त आउँनै पर्छ परिवर्तनकारी दुत देश मा,
आफ्नै यो समाज भित्र त्यस्तै औतार खोज्छु।