• होमपेज
  • समाज
  • अछामका थापाको आर्थिक अभावका कारण उपचारमा समस्या

अछामका थापाको आर्थिक अभावका कारण उपचारमा समस्या

  • बुधबार, अशोज २६, २०७९
अछामका थापाको आर्थिक अभावका कारण उपचारमा समस्या

बाजुरा — साँफेबगर नगरपालिका वडा नं ७ घर भै भारतको सुरतमा काम गर्ने क्रममा घरको छत बाट ६ वर्ष पहिले लडेर घाइते भएका श्याम थापाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । उनको उपचारका लागि पैशा नहुदा बयालपाटा अस्पतालको आपतकाललिन बिभागमै छटपटीरहेका छन । पैशा नभएका कारण उनको उपचार हुन नसकेको उनका आफन्तहरुले बताएका छन ।
आर्थिक अभावका कारण घरमै बस्नु पर्दा वर्ष ३२ का श्याम थापा बयलपाटा अस्पतालको आपतकालीन बिभागमा रहेका छन । थप उपचारका लागि जिल्ला बाहिर जान अस्पतालले भनेको भए पनि आर्थिक अभावका कारण थापा जान नसक्ने अबस्थामा रहेको बयालपाटा अस्पतालले जनाएको छ ।
अस्पतालले बाहिर जान सल्लाह दिदा आर्थिक अभावका कारण जान नसकेको अस्पतालले जनाएको छ । थापाको शरीरको पातिनाको भाग कुहियको अस्पतालले जनाएको छ ।
थापाका आमा बुवा कृषक रहेकोले आर्थिक श्रोत जुटाउन नसकेको उनका आफन्तले जनाएका छन । थापा थला परेसंगै उनका २ छोरा, एउटा छोरि र श्रीमती समेत अलपत्र परेका छन ।

चर्चामा

सम्बन्धित समाचार