• होमपेज
  • समाचार
  • सेना पृतना संरचनामै फर्कियो, पूर्णचन्द्रको निर्णय प्रभुरामले उल्ट्याए

सेना पृतना संरचनामै फर्कियो, पूर्णचन्द्रको निर्णय प्रभुरामले उल्ट्याए

  • बिहिबार, भदौ ३०, २०७९
सेना पृतना संरचनामै फर्कियो, पूर्णचन्द्रको निर्णय प्रभुरामले उल्ट्याए

नेपाली सेना पृतना संरचनामै फर्किएको छ । मन्त्रिपरिषद्ले भदौ २१ मा विगतमा रहेका ८ पृतना पुनस्र्थापना गर्ने निर्णय गरेको छ । सो निर्णयसँगै जंगी अड्डाले पुरानै जिम्मेवारी क्षेत्र तोकेर देशभर पृतना पुनःस्थापना भएको सर्कुलर गरेको छ ।

बुधवार कार्यरथी विभागका उपरथी सागर बहादुर थापाले हस्ताक्षर गरेर सर्कुलर गरेको पत्रमा भनिएको छ– ‘नेपाली सेनाको ३ जोड १ कमाण्ड अवधारणा यथावत रहनेगरी विगतमा रहेका ८ पृतनाहरू पुनस्र्थापना गर्ने, पुनःस्थापित पृतनाहरूलाई विगतमा प्रदान भइरहेको जिम्मेवारी क्षेत्र अनुसार जिम्मेवारी तोक्ने निर्णय भएकोले यो परिपत्र गरिएको व्यहोरा अनुरोध छ ।’

तत्कालीन प्रधान सेनापछि पूर्णचन्द्र थापाले २०७८ साउन १ मा ३ जोड १ कमाण्ड अवधारणा लागू गरेका थिए । सो अवधारणाअनुसार उपत्यकासहित देशभर चारवटा कमाण्ड थिए । थापाले शुरु गरेको सो संरचना अहिलेका प्रधान सेनापति प्रभुराम शर्माले उल्ट्याएका छन् ।

पृतनापतिको प्रमुखमा सहायकरथीको दरबन्दी हुन्छ । कमाण्डमा उपरथीले कमाण्ड गर्दै आएका थिए । सेना पृतना संरचनामा फर्किएसँगै सहायक रथीको दरबन्दी थप्ने चलखेल शुरु भएको सैनिक अधिकारीहरु बताउँछन् ।

चर्चामा

सम्बन्धित समाचार