काठमाडौं — नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ शून्य पैसा र बिक्री दर १२७ रुपैयाँ ६० पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ १० पैसा र बिक्री दर १२७ रुपैयाँ ७० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ९१ पैसा र बिक्री दर १४७ रुपैयाँ ६० पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७६ पैसा र बिक्री दर ३४ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?