• होमपेज
  • राजनीति
  • एमाले बाजुरा बाट संघिय सांसदको टिकटका लागि दुई थापा

एमाले बाजुरा बाट संघिय सांसदको टिकटका लागि दुई थापा

  • सोमवार, भदौ ६, २०७९
एमाले बाजुरा बाट संघिय सांसदको टिकटका लागि दुई थापा

बाजुरा–नेकपा एमाले बाजुरा बाट संघिय सांसदको टिकटका लागि दुई थापा प्रतिश्पर्धा देखिएको छ । नेकपा एमाले स्थायि कमिटि सदस्य कर्ण बहादुर थापा र एमाले केन्द्रिय सदस्य तथा बाजुरा इन्चार्ज लाल बहादुर थापाले आफ्नो पक्षमा टिकट लिनका लबि गरिरहेको एक स्रोतले वताएको छ ।
लाल बहादुर थापाले २०७४ को चुनावमा काँग्रेसका कबिराज पण्डितलाइ पराजय गरेर संघिय सांसद भएका थिए । कर्ण थापाले भने ०७४ को चुनावमा प्रदेश सामानुपातिकमा उम्मेदवार भएपनि सांसद भने हुन सकेका थिएन् । बाजुरामा स्थानिय तहमा एमालेले ९ स्थानिय तह मध्ये ६ स्थानिय तह जितेको छ । स्थानिय तहको मत परिणाम हेर्ने हो भने बाजुरामा एमालेको पक्कड राम्रो देखिएको छ ।
नेकपा एमालेले बाजुरा जिल्लालाई एमाले जित्नेको लिष्टमा राखेको छ । बाजुरा एमालेको पक्कड सँगै टिकटका लागि थापा बिच आन्तरिक कसरत भइरहेको एमाले एक स्रोतले वताएको छ । लाल बहादुर थापाले यो पटक पनि आफुले पाउनुपर्ने दाबि गरिरहेका छन्, । २०७४ अरुले खासै लड्ने मनासय देखाएको थिएन्, त्यो बेला स्थानिय तह काँग्रेसले बाजुरामा बढी जितेकाले एमालेलाई जित्न सहज नभएको बेला आफुले टिकट लिएर जितेको लाल बहादुर थापाकाे दाबि रहेको छ ।
कर्ण बहादुर थापा दोस्रो संबिधान सभाको चुनावमा बाजुरा बाट बिजयी भएका थिए । उनि उद्योग मन्त्रि समेत भएका थिए । स्थायि कमिटि सदस्य सँगै शुदुरपश्चिम प्रदेशका सहइन्चार्ज समेत रहेका थापाले राष्ट्रिय राजनितिमा राम्रो प्रभाब बनाइरहेका छन् । कर्ण थापालाई टिकट लिन त्यति ग्राहो नभएको उनका समर्थक बताउने गरेका छन् । अघिल्लो पालि सहमतिले अरुलाई छोडेका हुन्, उनले अहिले टिकट लिन त्यति ग्राहो नभएको एक नेताले वताए ।
लाल बहादुर थापा राजनितिक आएदेखि असफल भएको धेरै कम पाइन्छ । एमाले बाजुरा जिल्ला कमिटिमा राम्रो प्रभाब रहेको र जिल्ला कमिटिमा लाल बहादुर थापा पक्षधर कार्यकर्ताको बाहुल्यता रहेको उनि समर्थक जिल्ला कमिटि एक सदस्यले बडिमालिका खबरलाई बताएका छन् । प्रतिपक्ष पाटि भने लाल बहादुर थापालाइ कम रुचाउने गरेका छन् । एमाले बाजुराका एक नेताले भने टिकट जसले ल्याएपनि बाजुरामा एक ढिक्का भएर पाटि जिताउन सबै लाग्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार