• होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम : चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

  • आइतवार, भदौ ५, २०७९
आजको मौसम : चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

देशभर मौसममा बदली भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रहने तथा पहाडी भू–भागका केही तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने भएकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार