शुक्रबार, पुस १२, २०८१

गजल!

  • बिहिबार, भदौ २, २०७९
गजल!

देशको प्रवाह छैन चुनावी ताल बनाए,
माछा सम्झेर जनता लाई जाल बनाए।

सिमाना खुल्ला प्रचार उतै बाट चल्छ,
देश भित्र बरू जातिय पर्खाल बनाए।

गुलाम भयन देश तर नेता गुलाम हुँन,
प्रणा दिन्छन युवा उनैका ढाल बनाए।

समय मा दिएन मल बिउ छैन सिंचाई,
महंगो बिदेशको चामल र दाल बनाए।

सबै बिदेशबाट यायात हुन्छ देश भित्र,
श्रोत हुँदा पनि यो देश कङ्गाल बनाए।

ज्युँदा जान्छन सेते जस्ता बिदेश भित्र,
फर्किन्छन लाश नेताले वे हाल बनाए।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार