• होमपेज
  • समाचार
  • ‘मिस्टर एन्ड मिस टिनको बझाङमा’ आवदेन खुल्ला

‘मिस्टर एन्ड मिस टिनको बझाङमा’ आवदेन खुल्ला

  • शनिबार, असार ३२, २०७९
‘मिस्टर एन्ड मिस टिनको बझाङमा’ आवदेन खुल्ला

अर्थ जङ शाही/बझाङ — बझाङ्ग जिल्ला मै पहिलो पटक प्रथम मिस्टर एण्ड मिस बझाङ हुने भएको छ। जस्मा अन्तराष्ट्रिय मोडेल र फेसन सो का दिपक घिमिरे लागायत का जच रहने छन्। सो मिस्टर एण्ड मिस बझाङका अबिनाश थापा काजीले आफ्नै जिल्लामा यो कार्यक्रम लाई अगाडि बढाएका छन्। आफ्नो जिल्लामा यसप्रति का इच्छुक लाई प्रतिभामा निर्धक्क देखाउन नसकेका लाई आफ्नै दुर्गम जिल्ला का युवा मन हरुको लागि यो कार्याक्रम सन्चालन गर्ने काजीले बताएका छन्।

सो कार्याक्रममा प्रथम हुने लाई आवस्यक पुरस्कार सहित बिभिन्न कार्यक्रमको लागि सहयोग गर्ने बताएका छ्न।

बझाङका छोरा वा छोरीको क्षमता लाई नेपाल अधिराज्य भरी प्रभाव पार्ने छ र जस्ले यहाका केटा र केटीहरुको लागि यो यौटा सुनौलो अवसर पनि हुने भएको छ ।सो कार्यक्रम अब को केही महिना भित्र नै सन्चालनमा ल्याउने उहाको भनाइ छ। अहिले तत्काल बर्खायामको मौसमले अलि असर पर्ने भएको हुदा सहि समय मिलाएर मिस एण्ड मिस्टर बझाङको कार्यक्रम लाई अब छिटै सुरु गर्ने अबिनाश थापा काजीको दाबी रहेको छ।

सो कार्यक्रमका लागि स्पोन्सर गर्न चाहाने होटेल ब्यबसाय लगायत कस्मेटिक ब्यूटीपार्लरहरु र विभिन्न सस्थाले समेत स्पोन्सर गर्न सक्ने बताएका छन ।

विशेष गरि सो को लागि ड्रेसहरु त्यतिकै आवस्यक परेको हुदा ‘फेसन डिजाइनर’ लगायत ‘ड्रेस डिजाइनर’ को पनि आवस्यक पर्ने भएको हुदा सो सीप भएका ब्यक्तिले पनि सम्पर्कमा आउन अनुरोध गरिएको छ ।

यो यौटा ब्यवसायिक पाटो मात्र नभइ बझाङ्ग जिल्ला को कला सस्कृती भेष,भूसा लाई दुनिया सामु झल्लकाउने र त्यतिकै महत्वपूर्ण भुमिका खेल्ने थापाको भनाई रहेको छ ।

सो कार्यक्रमको लागि आवेदन फारम समेत केही दिनमै खुलाउने भएको छ। फारम भरेको लगतै भर्ना कक्षा पनि सुचारमा ल्याउने बताएका छन।

आयोजकका अनुसार प्रतियोगितामा १५ देखि २७ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् ।

चर्चामा

सम्बन्धित समाचार