गजल!

  • शनिबार, असार ३२, २०७९
गजल!

सरकारलाई देश र जनताको रक्षा गर्ने कर हुन्छ,
नागरिकहरू त सधै भरी सरकारमा निर्भर हुन्छ।

खोलालेनै बगर बनाउँछ बगरले बनाउदैन खोला,
खोलाकै निसानी मात्र बांकीरहेको यो बगर हुन्छ।

सरकारले बिदेशीलाई नागरिकता बांड्छ किनहो,
जब की हाम्रो देश अल्पमतमा पर्ने सधै डर हुन्छ।

काम दिएन यही देशको सरकारले कहिलैई पनी,
र त डिग्रि लिने युवाहरूको बिदेशको सफर हुन्छ।

देश बिहिन भए कामकै तलासमा नेपाली सदियौं,
न श्रमजिविहरूको जागिर हुन्छ न बस्ने घर हुन्छ।

आफ्नो घर गाउँ र स्वर्गतुल्य देशनै चत्रक्कै छाडी,
भन त आर्काको देशमा जान कसलाई रहर हुन्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार