• होमपेज
  • समाचार
  • डुबेर दुई जनाको मृत्यु

डुबेर दुई जनाको मृत्यु

  • शनिबार, असार ३२, २०७९
डुबेर दुई जनाको मृत्यु

झापाको भद्रपुर नगरपालिका-३ धिमेलधुरा बस्ने सितु सापकोटाको छोरा ११ वर्षीय ईश्वर सापकोटाको सोही ठाउँस्थित देउनिया खोलामा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ ।

खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरीले स्थानीयवासीको सहयोगमा खोजतलास गर्ने क्रममा खोलाको किनारमा उनको शव फेला परेको हो ।

यता रौतहटको चन्द्रपुर नगरपालिका-१ नुनथरस्थित बागमती खोलामा पौडी खेल्ने क्रममा डुबेर धनुषा छिरेश्वर नगरपालिका-५ महेन्द्रनगर बस्ने २१ वर्षीय पारस यादवको शुक्रबार दिउँसो मृत्यु भएको छ । खोलामा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले स्थानीयवासीको सहयोगमा खोजी गर्ने क्रममा सोही खोलाको किनारमा उनको शव फेला परेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार