गजल!

  • बिहिबार, असार ३०, २०७९
गजल!

अब त दुनियांलाई पनि खबर हुनैपर्छ,
स्वतन्त्र रहेको देश लाई कदर हुनैपर्छ।

साम्राज्यवादीको त मनपरी हुँनलाग्यो,
लगाम लगाउ उसलाई नी डर हुनैपर्छ।

देउ अब त युवालाई रोजगार स्वदेशमै,
नागरिकको नाममा जग्गा घर हुनैपर्छ।

भ्रष्टचार महंगिमा लगाम लगाएर सधै,
सरकारले शुरक्षागर्ने पनि कर हुनैपर्छ।

दुनियां हेर कहाँ बाट कहाँ पुगीसक्यो,
हाम्रो देश पनि त आत्मनिर्भर हुनैपर्छ।

यो दुनियांको हावा पानी खोस्नेहरूनी,
खबरदार गरौं त्योपनी थर थर हुनैपर्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार