• होमपेज
  • समाचार
  • राप्रपा महिला संघ​को बैठकमा कुटाकुट

राप्रपा महिला संघ​को बैठकमा कुटाकुट

  • आइतवार, असार २६, २०७९
राप्रपा महिला संघ​को बैठकमा कुटाकुट

धनगढी — राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संघको बैठकमा कुटाकुट भएको छ। आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको बैठकमा कुटाकुट भएको हो।

राप्रपा महिला संघको अध्यक्षमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अगाडि मात्रै नियुक्त गरेका थिए। शाह अध्यक्षमा नियुक्त भएपछि आज बसेको पहिलो बैठकमा असन्तुष्ट पक्ष कुमारी तामाङलगायतको समुहले विरोध गरेका थिए। उनीहरुले पार्टी बाहिरको मान्छेलाई ल्याएर अध्यक्ष बनाएको भन्दै विरोध जनाएका थिए।

बैठकमा विवाद भएपछि दुवै पक्षबीच भनाभन भएको थियो। त्यसपछि हानाहान भएको थियो। हानाहानको क्रममा राप्रपाका​ महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङ लगायतका घाइते भएका छन्। ​

चर्चामा

सम्बन्धित समाचार