परराष्ट्र मन्त्री डा नारायण खड्काले शिक्षाको विकास बिना समृद्ध हासिल हुन नसक्ने बताएका छन् । ‘अहिलेको युगको माग शिक्षा हो । विकासको जग भनेकै शिक्षा भएकोले मेरो चासो शिक्षा भएको हो,’ त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटलाई बस हस्तान्तरण गर्दै उनले भने ।
मन्त्री खड्काले गुणस्तरीय शिक्षामा ध्यान दिँदै प्रदेशकै लिडिङ रोल गर्न सक्ने बनाउन आग्रह गरे ।