• होमपेज
  • समाचार
  • बाँदर धपाउने क्रममा पुरुषको मृत्यु

बाँदर धपाउने क्रममा पुरुषको मृत्यु

  • शनिबार, असार १८, २०७९
बाँदर धपाउने क्रममा पुरुषको मृत्यु

दोलखा — खेतमा आएका बाँदर धपाउने क्रममा दोलखाको शैलुङ गाउँपालिकामा एक पुरुषको जनाको गएको छ। घरको बारीमा लगाइएको बाली खान आएका बाँदरहरुलाई लखेट्ने क्रममा वडा नम्बर ८ शैलुङगेश्वरका अन्दाजी ५६ वर्षीय रामबहादुर कार्कीको मृत्यु भएको हो।

स्थानीय इन्द्रबहादुर कार्कीका अनुसार शुक्रबार दिउँसो बाँदर लखेट्ने क्रममा कार्कीलाई हृदयाघात भएको थियो। हृदयाघापछि कार्कीलार्ई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाण्डौँको न्यूरो अस्पतालमा पु¥याइएको थियो। तर उनलाई अस्पतालले मृत घोषणा गरेको थियो।

शैलुङगेश्वरमा बाँदरले बाली खान थालेपछि कृषक चिन्तित बनेका छन्।

चर्चामा

सम्बन्धित समाचार