शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम प्रदेशसभाको बैठक १६ गतेसम्म स्थगित

सुदूरपश्चिम प्रदेशसभाको बैठक १६ गतेसम्म स्थगित

  • आइतवार, असार १२, २०७९
सुदूरपश्चिम प्रदेशसभाको बैठक १६ गतेसम्म स्थगित

धनगढी — सुदूरपश्चिम प्रदेश सभाको बैठक अगामी असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सरकारको आग्रहमा प्रदेशसभा सचिवालयले सूचना टाँस्दै १६ गतेसम्म बैठक स्थगित गरिएको जनाएको छ ।

असार १ गते आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा असन्तुष्टि जनाउँदै संशोधन गर्न सांसदहरूले माग गरेका छन् ।

बजेटमा सरकारविरूद्ध सत्तारूढ र विपक्षी दलका सांसद एकजुट भएपछि प्रदेशसभाको बैठक चल्न सकेको छैन ।

सांसदहरूको विरोधकै कारण ८ गतेका लागि बोलाइएको बैठक १२ गतेसम्म सारिएको थियो । तर सामाजिक विकास मन्त्री गोविन्द बोहरासहित नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरू बजेट संशोधनको माग गर्दै काठमाडौं पुगेका छन् ।

चर्चामा

सम्बन्धित समाचार