• होमपेज
  • समाचार
  • ४८ घण्टा पुग्यो, पर्यटनमन्त्री आलेले दिएनन् राजीनामा

४८ घण्टा पुग्यो, पर्यटनमन्त्री आलेले दिएनन् राजीनामा

  • आइतवार, असार १२, २०७९
४८ घण्टा पुग्यो, पर्यटनमन्त्री आलेले दिएनन् राजीनामा

धनगढी — पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका थिए। शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले यस्तो बताएका थिए।

उनले भनेका थिए, ‘पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो। थप २ महिना पनि काम गर्ने अवसर दियो। पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिन्छु।’

तर, उनले भनेको समय सीमा बितिसक्दा पनि अहिलेसम्म राजीनामा नदिएको नेकपा एकीकृत समाजवादी स्रोतले बताएको छ। एकीकृत समाजवादीले यसअघि नै चार मन्त्रीलाई फिर्ता गर्ने र अन्यलाई पठाउने सिफारिस गरे पनि निर्णय कार्यान्वयन हुन सकेको छैन।

चर्चामा

सम्बन्धित समाचार