शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • राजनीति
  • गृहमन्त्री खांणडले राजिनामा दिनुपर्छ:(सांसद आशा बिक)

गृहमन्त्री खांणडले राजिनामा दिनुपर्छ:(सांसद आशा बिक)

  • बुधबार, जेष्ठ २५, २०७९
गृहमन्त्री खांणडले राजिनामा दिनुपर्छ:(सांसद आशा बिक)

अर्थ जङ शाही/बझाङ– देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताइन् ।

‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उनले भनिन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन् । रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो । यसरी अशान्ति टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताकाे आधारमा राजीनामा दिनुपर्छ ।’

चर्चामा

सम्बन्धित समाचार