शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • हत्या आरोपमा एक जना पक्राउ

हत्या आरोपमा एक जना पक्राउ

  • मङ्लबार, जेष्ठ २४, २०७९
हत्या आरोपमा एक जना पक्राउ

काठमाडौं — खोटाङमा हत्या आरोपमा एक जना पक्राउ परेका छन्। खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाका मनकुमार राईलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको हो।

मनकुमार राईले गत जेठ १९ गते राति आपसी विवादका क्रममा धकेल्दा स्थानीय ६९ वर्षीय हरिप्रसाद राई लडेर घाइते भएका थिए। उनको न्युरो अस्पताल काठमाडौंमा उपचारका क्रममा आइतबार राति ज्यान गएपछि मनकुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार