शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अछाममा किशोर मृत फेला प्रकरणः मध्यपहाडी लोकमार्ग बन्द, स्थानीय आन्दोलित

अछाममा किशोर मृत फेला प्रकरणः मध्यपहाडी लोकमार्ग बन्द, स्थानीय आन्दोलित

शव उठेन, कांग्रेस कार्यकर्ताले हत्या गरेको आरोप

  • सोमवार, जेष्ठ २३, २०७९
सेयर गर्नुहोस् :
अछाममा किशोर मृत फेला प्रकरणः मध्यपहाडी लोकमार्ग बन्द, स्थानीय आन्दोलित

अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा १७ वर्षीय किशोर विनोद शाही मृत फेला परेको ३ दिनसम्म पनि शव उठेको छैन। मृतक शाहीको कांग्रेस कार्यकर्ताले हत्या गरेको एमाले कार्यकताले आरोप लगाएका छन्। यस्तै शाहीको शव भेटिनेबित्तिकै आन्दोलित भएका स्थानीयहरू अहिले पनि आन्दोलनमै छन्।

अहिले उनीहरुले कांग्रेस कार्यकताले नै शाहीको हत्या गरेको आरोप लगाएर नाराबाजी गरिरहेका छन्। कांग्रेसबाट निर्वाचित नगरप्रमुखको संगलग्नतामा हत्या भएको भन्दै उनीहरुले मध्यपहाडी लोकमार्ग समेत आइतबारदेखि बन्द गरेका छन्। हराएको पाँच दिनपछि शनिबार बिहान शाहीको शव भेटिएको थियो। चुनावको विषयलाई लिएर कालिकास्थानमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच भएको झडपपछि उनी बेपत्ता भएको बताइएको छ। घटनाले अहिले राजनीतिक रूप लिएको छ।

उक्त घटनाको अनुसन्धानका लागि अहिले सिआइबी र कुकुरको टोली खटिएको छ। प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले अनुसन्धान गरिरहेको बताएका छन्। पीडित पक्षले हत्या भएको भन्दै हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गरेको छ।

चर्चामा

सम्बन्धित समाचार