शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • बैतडीमा भरुवा बन्दुकसहित २ जना पक्राउ

बैतडीमा भरुवा बन्दुकसहित २ जना पक्राउ

  • बुधबार, जेष्ठ १८, २०७९
बैतडीमा भरुवा बन्दुकसहित २ जना पक्राउ

बैतडी — बैतडीमा भरुवा बन्दुकसहित २ जना समातिएका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ४ मठैराजस्थित चौंसालको जंगलबाट दुईजना भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा दोगडाकेदार वडा नं ८ का ४० बर्षीय हिक्मतबहादुर बिष्ट र डिलाशैनी ४ का २१ बर्षीय राजेन्द्रबहादुर बिष्ट रहेका छन्। उनीहरुको साथबाट एकनाले दुईथान भरुवा बन्दुक, त्यसमा लाग्ने छर्रा र बारुद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

यस्तै घोरलको जस्तो देखिने टाउको, घोरलको जस्तै देखिने दुई थान छाला र १५ केजी मासु पनि बरामद गरिएको उनले बताए। धामीगाउँ प्रहरीचौकीबाट खटिएको प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

चर्चामा

सम्बन्धित समाचार