शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • राजनीति
  • मतले जित्न सकेन,केदारस्यू बासिको मन जितेको छु :(लोकेश भण्डारी)

मतले जित्न सकेन,केदारस्यू बासिको मन जितेको छु :(लोकेश भण्डारी)

  • शनिबार, जेष्ठ १४, २०७९
मतले जित्न सकेन,केदारस्यू बासिको मन जितेको छु :(लोकेश भण्डारी)

अर्थ जङ शाही/बझाङ — बझाङ जिल्ला केदारस्यू गाउँपालिका अध्यक्ष गठबन्धन बाट बिजय भएका नव निवाचित गाउँपालिका अध्यक्ष गणेश बोहोरालाइ बधाइ दिदै भण्डारीले भन्नुभयो- जनताको हितमा काम गर्नु होला। तपाईंले गरेका राम्रो काममा सधैं हातेमालो गरेर अगाडि बढ्ने छौ र नराम्रो कामको खबदारी गर्न पनि पछाडि हट्ने छैनौं। बोहोरा संग प्रतिद्वद्दि नेकपा एमाले केदारस्यु गाउँपालिका पार्टि अध्यक्ष तथा पालिका अध्यक्ष का उमेद्वार लोकेश भण्डारीले २ हजार ४ सय ८ मत प्राप्त गरि झण्डै १ हजार ९ सयको मतन्तरले पराजय भएका लोकेश भण्डारी अभाव र चुनौतीका कठीन चट्टानमा फुलेका एक बहुमूल्य फूल हुन।

२०६३ साल बाट बिध्याथी राजनितिबाट उदाएका एक साहासी, निडर, इमान्दार र अनुशासित युबा नेता पनि हुन।

यस अघि २०७४ को स्थानिय निर्बाचनमा नेपाली कांग्रेस को अब्बल मानिने केदारस्यू वडा न १ मा ११ मत ले बिजय भएका थिए।

राजनीति कूनै व्यापार होईन। जसरि पैसाले चुनाब जित्नु भो त्यसरी नै अब बजेटको आयात र निर्यात कार्यकर्ता मुखी नहोस्। केदारस्यू बासीले सूख,खुसी,न्याय र स्वतन्त्रताको मिठो सास फेर्ने आशा गरेका छन्। जनताकाे आशालाई निराशा नबाउनुहोला।सधैं नेकपा एमाले प्रमुख प्रतिपक्ष को भुमिकामा रहने छ, र तपाईंका हरेक कार्यलाई नजीक बाट निहाल्ने छ। नराम्रो कामको खबदारी र राम्रा कामको लागि सहयोग पनि रहने कुरा भण्डारीले बडिमालिका खबरलाई बताएका छन्।

२०७४ सालको स्थानिय निर्बाचन मा नेकपा एमालेले २ हजार ७ सय मतले बिजय भएका थिए,भने नेपाली कांग्रेसले २ हजार ४ सय मत प्राप्त गरेका थिए।

माओवादीले १ हजार ५ सय मतले अहिले गणेश बोहोराले पाएको अन्य दल को मत बाट बिजय भएका हुन। समाजवादी का जम्मा मत ५ सय मात्र छन एक्लै एक्लै लडेको भए सबै पछारिने कुरा ढुक्क थियो।

भन्डारीले भन्नू भयो_ विश्वास गरेर परिवारको अपेक्षा गरेर मलाई मतदान गरिदिनुहुने सम्पूर्ण केदारस्यु बासीलाई हृदय देखि हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।हामीले हारेका छैनौं,सिकेका छौं।

चर्चामा

सम्बन्धित समाचार