शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • झापामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

झापामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

  • बुधबार, जेष्ठ ११, २०७९
झापामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

झापामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेल रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । भुजेलले ती बालिकालाई विभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार