शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • देश
  • न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव : मेघगर्जन र हावा हुरीसहित वर्षा

न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव : मेघगर्जन र हावा हुरीसहित वर्षा

  • बुधबार, जेष्ठ ११, २०७९
न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव : मेघगर्जन र हावा हुरीसहित वर्षा

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यता बिहीबार भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार