शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिइने

किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिइने

  • मङ्लबार, जेष्ठ १०, २०७९
किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिइने

काठमाडौं — सरकारले आगामी आर्थिक वर्षदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने भएको छ ।

मंगलबार राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप तथा स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइने बताइन् ।

नीति तथा कार्यक्रममा सबै स्थानीय तहका स्वास्थ्य संस्थामा ४० बर्षमाथिका नागरिकको बर्षको एक पटक आधारभूत प्रयोगशाला परीक्षण र महिलामा हुने पाठेघर मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवा सञ्चालन गरिने उल्लेख गरिएको छ ।

त्यसैगरी, जेष्ठ नागरिकका लागि विशिष्टकृत स्वास्थ्य सेवा सुनिश्चित गरिने तथा जनस्वास्थ्यका कार्यक्रम मार्फत रोगको रोकथाम, नियन्त्रणलाई प्रभावकारी नीति ल्याइने राष्ट्रपति भण्डारीले बताइन् ।

चर्चामा

सम्बन्धित समाचार