अर्थ जङ शाही/ बझाङ– बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्रमा शंकास्पद बस्तु राखेको पाइएको छ ।
प्रेस कुकर बम जस्तो देखिने उक्त शंकास्पद बस्तु डिस्पोजल गर्न बिरभद्रजंग गुल्म पानकोटबाट नेपाली सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ । यस्तै बुंगल ८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा रङको बट्टा जस्तो शंकास्पद बस्तु भेटिएको र नेपाली सेना परिचालन गरिएको छ ।